citizens life insurance long ad
stcnepal long ad

सेञ्चुरी कमर्सियल बैंकको तेस्रो त्रैमासिक नाफा १ अर्ब १ करोड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी नौं अर्ब ५५ करोड ३९ लाख नौं हजार रुपैंयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९० अर्ब ५२ करोड ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब दुई करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुई अर्ब १४ करोड १६ लाख आठ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

गत आवको सोही अवधिमा भने बैंकले ९३ अर्ब ४९ करोड ६६ लाख २८ हजार रुपैंयाँ निक्षेप संकलन गरी ७८ अर्ब सात करोड ८२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा एक अर्ब ९१ करोड ७९ लाख सात हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६० प्रतिशत रहेको थियो ।

IME Life
kumari