stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेञ्चुरी कमर्सियल बैंकले सञ्चालनमा ल्यायो शताब्दी बचत खाता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखी शताब्दी बचत खाता संचालनमा ल्याएको छ ।

शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन ।

यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ । शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाई मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ ।

साथैं शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकताका साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari