stcnepal long ad
global ime bank long

 कुमारी बैंकले वार्षिकोत्सवको अवसरमा ल्यायो क्यास ब्याक तथा विभिन्न अफर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  यही चैत्र २० गते कुमारी बैंक लिमिटेडले २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दैछ । यस बैंकद्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरू मध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ।

यस प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले तल उल्लेखित अभियानहरू प्रस्तुत गरेको छ ।

डेबिट र क्रेडिट कार्डको हकमा बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्ड मार्फत पीओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा दुई हजार एक सयसम्म क्यास ब्याक प्रदान गरिनेछ । यस सुविधा एटीएमबाट पैसा झिक्दा लागू हुनेछैन ।

पहिलो पटक मोबाईल टपअप वा पहिलो क्युआर भुक्तानी गर्दा बैंकको वार्षिक उत्सवका अवसरमा कुमारी स्मार्ट मोबाईल बैंकिङ एप प्रयोग गरी पहिलो पटक मोबाईल टपअप गर्दा वा चैत्र २० गतेको दिन पहिलो क्युआर भुक्तानी गर्दा अधिकतममा २१० सम्मको क्यासब्याक प्राप्त हुनेछ ।

त्यस्तै, कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर ९सिम्रिक एयर० मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा १२ हजार ५ सय छुट प्रदान गरिनेछ ।

IME Lifesidebar
kumari