citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकले एकसाथ तीन वटानयाँ शाखा विस्तार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंका विभिन्न स्थानमा एकसाथ तीन वटा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । बैंकले जमल, महाराजगञ्ज र जरङखुमा नयाँ शाखाहरु उद्घाटन गरेको छ ।

जमल शाखाको उद्घाटन एभरेष्ट बैंकका प्रमुखकार्यकारी अधिकृत सुदेश खालिङ र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोककुमार राईले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी, महाराजगञ्ज शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र काठमाडौं महानगरपालिका –४ का वडा अध्यक्ष मोहनबहादुर बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

जरङखु शाखाको उद्घाटन एभरेष्ट बैंक सञ्चालक डा. बालगोपाल वैद्य र तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा गरेका छन् ।

IME Life
kumari