citizens life insurance long ad
stcnepal long ad

अब व्यावसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेट पेमा अनलाइन रजिष्टर गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । व्यावसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेट पे प्रणालीको स्तरोन्नती गरी विभिन्न सुविधाहरुसँगै अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित बैंकरवित्तीय संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् ।

साथै उक्त प्रणालीमा युटीलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीको लागि खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन् ।

अनलाइन रजिष्ट्रेसनको लागि बैंकरवित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले कर्पोरेट पे डट् कनेक्ट आइपीएस डट्कममा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गर्न सक्ने छन् । कम्पनीको आवश्यक बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सकिने छ ।

अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंकरवित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्नेछन् ।

यस अनलाइन सुविधासँगै ग्राहकहरुले बैंकरवित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी बैंकबाट एक पटक मात्रै स्वीकृति लिई सेवा सुचारु गर्न सकिने हुँदा कर्पोट पे प्रणालीमा आबद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलद्वारा संचालनगरिएको उक्त प्रणालीमा हाल ४८ बैंकरवित्तीयसंस्थाहरु मार्फत् व्यावसायिक ग्राहकहरुलाई फण्ड ट्रान्स्फर, तलबभुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, गतष्ष्तिथ सम्बन्धी भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ।

 

IME Life
kumari