citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

महालक्ष्मी विकास बैंंकको स्थगित बीसौ वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे स्थगित बीसौ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आज २०७८ साल फाल्गुन १३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा सम्पन्न भएको छ ।

यस अवसरमा आ.व. २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको ल्ँच्क् बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत ९ऋयलकयष्मिबतभम० वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

यसै गरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हाँसिल गर्ने कुरा बताउनु भयो । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउन भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गर्नु भयो ।

स्थगित बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनियार र सर्बसाधारण समुह (ख) बाट श्याम सुन्दर रmङ्गटा, श्री राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित हुनुभएको छ ।

साथै आज २०७८ साल फाल्गुन १३ गते बसेको संचालक समितिको ५१८औं बैठकले राजेश उपाध्याय ज्युलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको छ ।

 

IME Life
kumari