stcnepal long ad
global ime bank long

बिओके एनआरएन निक्षेप खाता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्य नजर गर्दै ‘बीओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ।

विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिन बैंकले अनुरोध गरेको छ।

गैरआवासीय नेपालीहरुले बैंक अफ काठमाण्डूमा USD, EUR, GBP, AUD, CADतथा JPY मुद्राहरुमा बैंक खाता खोल्न सक्ने जनाइएको छ।

यो बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीले अधिकतम ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउने छन्। यसका साथै गैरआवसीय नेपालीले यस निक्षेप खाता खोेलेमा बैंकले विशेष बैंकिङ सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्ने छन्।

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गगरेका रकमको उच्चतम प्रतिफलका साथै मातृभूमिमा सहज बैंकिङको अनुभव लिन पाउने विश्वास बैंकले लिएको जनाएको छ।

हालसम्म बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

IME Lifesidebar
kumari