citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मुलुकको चालु खाता घाटा बढेर तीन खर्ब माथि पुग्यो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौ । मुलुकको चालु खाता घाटा बढेर तीन खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको वित्तीय तथ्याङ्क अनुसार मुलुकको चालु खाता घाटा तीन खर्ब ६९ करोड रुपैयाँ पुगेको हो ।

यस्तो चालु खाता घाटा अघिल्लो वर्षको सोही अवधिमा जम्मा २३ अर्ब रुपैयाँ मात्र थियो । राष्ट्र बैंकका अनुसार यस्तो चालु खाता घाटा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई ४ अर्ब ६४ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई ७ अर्ब ७ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको थियो ।

himalayan life insurance
igi long