citizens life insurance long ad
stcnepal long ad

नेपाल एसबिआई बैंकको २८ औ वार्षिक साधारणसभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै नेपाल एसबिआई बैंक लिमिटेडको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आज पुस २० गते सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.३१ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सभाले बैंकको गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणको वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका प्रतिवेदनहरु पारित गरेको छ।

सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।

सभाले बैंकका तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

IME Life
kumari