यस्तो छ बैंकहरुको निक्षेप र कर्जाको पछिल्लो अवस्था
Nepal Rastra Bank
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जा स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत मंसिर २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ।
गत मंसिर २३ गतेसम्म पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ थियो। गत मंसिर २३ गतेमा एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले बढेको थियो।
गत मंसिर २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने ४ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ९१ अर्ब रुपैयाँमा पुगेको थियो।
वाणिज्य बैंकहरुको निक्षेप स्थिर रहँदै गत मंसिर २४ गतेसम्म पनि ४२ खर्ब २३ अर्ब रुपैयाँ नै रहेको छ। गत मंसिर २३ गते २ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको थियो।
वाणिज्य बैंकहरुको कर्जा लगानी पनि स्थिर रहँदै गत मंसिर २४ गतेसम्म ४० खर्ब ७६ अर्ब रुपैयाँ नै रहेको छ। गत मंसिर २४ गतेसम्म एकै दिन कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ४० खर्ब ७६ अर्ब रुपैयाँ पुगेको थियो।
राष्ट्र बैंकका अनुसार गत मंसिर २४ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९१.२४ प्रतिशत रहेको छ। गत मंसिर २३ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९१.२४ प्रतिशत नै थियो। अन्तरबैंक ब्याजदर पनि ४.९६ प्रतिशत नै रहेको बताइएको छ।






















