citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकमा ८३ सिटका लागि जागिर खुल्याे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ८३ जनाका लागि जागिर खुलेको छ। केन्द्रीय बैंकमा प्रशासन र प्राविधिक सेवातर्फ जागिर खुलेको हो।

बैंकले खुला प्रतियोगिताबाट सहायक निर्देशक ९अधिकृत तृतीय० र सहायक ९सहायक द्वितीय० पदमा कर्मचारी भर्ना गर्न आज गोरखापत्रमा सुचना निकालेको हो। राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक पदमा ४५ जनाका लागि दरखास्त आह्वान गरेको छ।

यसैगरी लेखारलेखा परीक्षण तर्फ ६ सहायक निर्देशक पदमा, वाणिज्य कानुन तर्फ २ सहायक निर्देशक पदमा र सूचना प्रविधि तर्फ ५ सहायक निर्देशक पदमा नयाँ भर्ना खुलाएको छ। बैंकले प्रशासनतर्फ सहायक पदमा २५ जनाका लागि दरखास्त आह्वान गरेको छ।

इच्छुक योग्य उम्मेदवारले आज मंसिर २४ गतेबाट अनलाइन मार्फत आवेदन दिन सक्ने छन्। आवेदन पुस १५ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरी पुस २२ गतेसम्म आवेदन दिने व्यवस्था पनि मिलाइएको छ।

IME Life
kumari