citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनआईसी एशियाको नयाँ बचत योजना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बैंकमा बचत खाता खोल्नु अघि के कुरामा ध्यान दिनुहुन्छ रु पक्कै पनि ब्याजदर बारे जिज्ञासा तपाईंको पहिलो छनौट हुनुपर्छ ।

आफुले दुःख गरेर कमाएको कमाईमा उच्चतम प्रतिफल तथा वित्तीय कारोबार सहज रुपमा गर्न सकिने जस्ता आधारभूत आवश्यकतालाई केन्द्रमा राखी अहिले ग्राहक महानुभावहरू बैंक खाता खोल्ने निर्णयमा पुग्नुहुन्छ ।

अहिलेको समयमा सर्वाधिक उच्च ब्याजदर मात्रै नभएर दर्जनौ आकर्षक सुविधा तथा फाइदाहरू सहित ग्राहक महानुभावहरूलाई बैंकप्रति आकर्षण केन्द्रित गर्न एन आई सी एशिया बैंकले सर्वाधिक फाइदा एवं सुविधाले भरिपूर्ण बचत तथा मुद्दती खाता सार्वजनिक गरेको छ ।

देशकै सर्वश्रेष्ठ बैंक, एन आई सी एशिया बैंकले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा सर्वश्रेष्ठ ब्याजदर, सर्वश्रेष्ठ बीमा सुविधा, सर्वश्रेष्ठ कर्जा सुविधा लगायत २४ वटा सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाताहरू समेटिएको सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता ल्याएको छ ।

यस सर्वश्रेष्ठ बचत खातामा ग्राहक महानुभावहरूलाई बैंक तथा वित्तीय संस्थाहरूमै सर्वाधिक धेरै ब्याजदर सुविधा मात्रै नभई बीमातर्फ ३ वटा फाइदाहरू, कर्जातर्फ ३ वटा फाइदाहरू र १८ अन्य अतुलनीय फाइदाहरू गरी कुल २४ वटा सर्वश्रेष्ठ फाइदाहरू समेटिएको छ ।

बैंकले सर्वश्रेष्ठ बचत तथा मुद्दती खाताहरू गुडविल एम्बेसडर (The NIC ASIA Goodwill Ambassador),प्राइड (The Pride of NIC ASIA Bank) र पार्टनर (The Partner of NIC ASIA Bank) गरी तीन श्रेणीमा ल्याएको छ । पार्टनर श्रेणीमा न्यूनतम मौज्दात रू. २५,०००, प्राइडमा न्यूनतम रू. ५०,००० र गुडविल एम्बेसडर श्रेणीमा न्यूनतम मौज्दात रू. १००,००० बाट खाता खोल्न सकिन्छ ।

यी सबै प्रकारका खातामा ७.०५ प्रतिशत को वार्षिक सर्वाधिक ब्याजदर प्राप्त हुनेछ र खाताका प्रकार अनुसारका विभिन्न २४ फाइदाहरू उपलब्ध हुनेछन् ।

जसमा गुडविल एम्बेसडर श्रेणीको खातामा रू.२१ लाखसम्मको ३ प्रकारका बीमा, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट तथा पूर्व स्वीकृत कर्जा सुविधाका साथै ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधाका साथै निःशुल्क होम बैंकिङ्ग सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्क नलाग्ने,Portfolio Management Service मा ५०% छुट, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशतछुट सुविधा लगायत १८ वटा अन्य फाइदाहरू प्राप्त गर्न सकिनेछ ।

सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेपमा (व्यक्तिगत) सर्वाधिक उच्च ब्याजदर वार्षिक १०.०५% सुविधा प्रदान गरिएको छ । त्यसैगरी न्यूनतम रू। ५०,००० मौज्दात गरी खोलिने प्राइड श्रेणीको खातामा वार्षिक आकर्षक ७.०५% को अलावा ग्राहकहरूले डिम्याट एवं मेरो शेयर, लकरमा वार्षिक दस्तुर र Portfolio Management Service मा पहिलो वर्ष ५०% छुट, पूर्व स्वीकृत कर्जा सुविधा अन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात कर्जामा बेस रेटमा थप २ प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्न सक्नुहुन्छ ।
अर्कोतिर यस श्रेणीमा डेबिट कार्डशुल्कका साथै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमा लिइने वार्षिक शुल्क समेत पहिलो वर्षका लागिनिशुल्क हुने व्यवस्था गरिएको छ ।

न्यूनतम रू. २५,००० मौज्दात गरी खोलिने पार्टनर श्रेणीको खातामापूर्व स्वीकृत कर्जा सुविधा अन्तर्गत ३ महिनाको औसत मौज्दातको १० गुणा बढि अर्थात कर्जामा बेसरेटमा थप ३ प्रतिशत ब्याजदर कायम गरी केवल ०.७५ प्रतिशत प्रशासनिक शुल्कमा सो कर्जा प्राप्त गर्नसकिन्छ । अर्कोतिर यस श्रेणीमा डेबिट कार्ड शुल्कका साथै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमा लिइने वार्षिक शुल्क समेत पहिलो वर्षका लागि निःशुल्क हुने व्यवस्था गरिएको छ । क्रेडिट कार्ड आवेदन, क्रेडिटकार्ड जारी शुल्क र ईकमर्श सुचारु निःशुल्क हुने व्यवस्था गरिएको छ ।

१. बीमातर्फ ३ सर्वश्रेष्ठ फाइदाहरू
आफ्ना ग्राहक महानुभावहरूको भविष्यमा आईपर्ने भवितब्यलाई आवश्यक पर्ने आर्थिक स्रोतको जोहोगर्नका लागि यस बैंकले रू. २१ लाखसम्मको बीमा यस बैंकले यस सर्वश्रेष्ठ बचत खाता सुविधाबाट ल्याएको छ ।

यस खाता योजनाको ‘गुडविल एम्बेसडरू श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू. १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएमा रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२०हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू प्राप्त गर्न सकिनेछ ।

यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको निक्षेप योजना ग्राहकहरू समक्ष निकै नै लोकप्रिय बन्ने बैंकले आशा लिएको जनाएको छ । उक्त बीमा सुविधाको प्रिमीयम बैंक स्वयंमले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बुझाउनेछ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमासुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ग्राहक महानुभावहरू माझ ल्याएकोछ ।

बैंकको बीमा सहितको निक्षेप योजना अन्तर्गत अहिलेसम्म देशभरका ६१० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू.३ करोड ८५ लाख भन्दा बढी रकम प्राप्त गरिसक्नु भएको छ । यसखालका योजनाहरूबाट नेपालमा बैंक खाता मार्फत बचत गर्ने आमसर्वसाधारणलाई थप प्रोत्साहन र प्रेरणा मिल्नुका साथै बचत खातासँग आबद्ध भएको बीमा सुविधा उपभोग गर्न पाईदैन की’ भन्ने आशंका भएका ग्राहकहरूको लागि यस बैंकका विभिन्न खाता अन्तर्गत हालसम्म बीमा सुविधा लिनुहुने सयौंग्राहकहरूको अनुभव उदाहरणीय बनेको छ ।

२. कर्जातर्फ ३ सर्वश्रेष्ठ फाइदाहरू
सर्वश्रेष्ठ बचत खाता भएका ग्राहक महानुभावहरूले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा प्राप्त गर्न सक्नु हुनेछ ।

himalayan life insurance
igi long