stcnepal long ad
global ime bank long

बिजनेस गर्न आवश्यक पुँजी दिन नबिल बैंक तयार छ : अनिल केशरी शाह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले बिजनेस गर्न आवश्यक पुँजी दिन नबिल बैंक लि. तयार रहेको बताएका छन्।

राजधानीमा आज मंसिर १५ गते बुधबार आयोजित नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै सीईओ शाहले बिजनेसलाई राम्रो गर्न जति राम्रो सोच भए पनि पुँजी चाहिने बताए। ‘त्यो पुँजी व्यवसायीहरुको हातमा राख्न नबिल बैंक तयार छ। वित्तीय संस्थाहरु तयार छन्’, उनले भने।

‘हामीलाई कहिलेकहीँ ‘नबिल बैंक त शेखर गोल्छाजीहरु जस्ता ठूलठूला व्यवसायीहरुको मात्र होइन र रु हामीलाई पनि लोन दिनुहुन्छ र रु’ भन्ने पनि गरिएको छ’, शाहले भने, ‘पहिलाको नबिल बैंक त्यस्तो थियो होला, आजको नबिल बैंक त्यस्तो छैन। आजको नबिल बैंक गाउँ–गाँउमा पुगेको छ।’

कार्यक्रममा सीईओ शाहले मोबाइल अहिले समाचारका साथै देशविदेशमा रहेका आमा–बुवा, श्रीमान–श्रीमती, छोरा–छोरीहरुको मुख हेर्ने मध्यम भएको बताए। ‘मोबाइल फोन गर्नमात्र प्रयोग हुन्छ भनेर कसले विचार गरेको थियो र रु’, प्रश्न गर्दै शाहले भने, ‘अहिले फोनबाट फोनमात्र नभएर डायरी, क्यामेरा सबैको काम हुन्छ।’

IME Lifesidebar
kumari