कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायकमा शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज मंगलबार विधिवत रुपमा उक्त शाखाको उदघाटन गरेका छन्।
उक्त अवसरमा नगर प्रमुख प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरुको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंक लि।मार्फत गर्ने सोच रहेको बताएका थिए । उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताएका थिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै जाने बताउदै बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघलगायत संघसंस्था तथा व्यवसायीहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने जिकिर गरेका छन।
बैंककी बागमती प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापितत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा भक्तपुर वडा नम्बर ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्या, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज वस्नेत, सहायक प्रबन्धक लूजः श्रेष्ठ, शाखा प्रबन्धक एलिसा कायस्थ, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखहरु लगायत अन्य स्थानीय संघ(सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन उपप्रबन्धक जितेन्द्रसिंह थापाले गरेका थिए। बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ कार्यालय रहेका छन्।


























