citizens life insurance long ad
stcnepal long ad

मुक्तिनाथ विकास बैंकको आज अन्तिम सेयर कारोवार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षका लागि प्रस्तावित मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १४ गते अन्तिम मौका रहेको जनाइएको छ। लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले भोलि मंसिर १५ गतेदेखि मंसिर २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ आज मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले आफ्नो १५ औँ वार्षिक साधारण सभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित होटेल जल महलमा बिहान ९ बजेबाट सुरु हुने बताइएको छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १८.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १७.५७५ प्रतिशत बोनस सेयर र ०.९२५ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६.८४ पुर्याउने विकास प्रस्ताव पनि पारित गर्नेछ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा प्राप्ति वा समाहित प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिक लगायतका प्रतिवेदन पारित गर्नेछ।

 

IME Life
kumari