sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

पुस २ गते नेपाल बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाके

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकले पुस २ गते वार्षिक साधारण सभा डाकेको छ । सभामा बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्ने भएको छ ।

बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।

सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज हुनेछ । मंसिर २० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

prabhu bank
nawakantipur long