stcnepal long ad
global ime bank long

सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे चयन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंक लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा संचालक प्रतापजंग पाण्डे चयन भएका छन् ।
आज मंसिर १ गते बसेको बैंक संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ ।

बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजंग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै संचालकलाई धन्यवाद दिएको सिभिल बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संचालकहरुले समितिको अध्यक्ष चयन भएका पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पुर्याउनका लाथि थप मद्दत मिल्ने र यसका लागि संचालकहरुको साथ सहयोग रहने बताएका छन ।

अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनु पर्नेमा जोड दिएका थिए ।

सिभिल बैंक निवर्तमान अध्यक्ष इच्छाराज तामाङ सिभिल बचत तथा ऋण सहकारीको अर्बौ रकम ठगि गरेको अभियोगमा हाल हिरासतमा रहेका छन। उनलाई अध्यक्ष राख्दा बैंक बदनाम हुन सक्ने भएकाले संचालक समितिले तामाङलाई हटाई संचालक समितिबाटै नयाँ अध्यक्ष चयन गरेको हो।

 

IME Lifesidebar
kumari