citizens life insurance long ad
stcnepal long ad

एनएमबी बैङ्कद्वारा एआईमा आधारित भिकेवाईसी सञ्चालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकको खाता खोल्न सहजीकरण गर्दै एनएमबी बैंकले नेपाली बैंकिङ क्षेत्रमा नै पहिलो पटक भिडियो केवाईसी (भिकेवाईसी) सञ्चालनमा ल्याएको छ । भिकेवाईसी मार्फत स्वदेश तथा विदेशमा रहेका ग्राहकहरूले सजिलै भिडियो कलमार्फत ५ मिनेटमा नै खाता खोल्न सक्ने एनएमबी बैंकले पत्रकार सम्मेलन गरि जनाएको छ।

बानेश्वरस्थित द एभरेस्ट होटेलमा भिकेवाईसीको घोषणा गर्दै बैंकले एनएमबी बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेता तथा समाजसेवी पल शाहलाई नियुक्ति समेत गरेको बताएको छ।
कार्यक्रममा शाहले एनएमबी बैंकसँग सहकार्य गरेर काम गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेकि थिइन्।

कार्यक्रममा एनएमबी बैंकका सिइओ सुनिल केसीले भने ‘अहिले जस्तो बजारमा तरलता संकट हुँदा भिकेवाईसीले संकट न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ। अहिले हाम्रो बैंकिंग प्रणालीमा तरलता संकट भइरहेको छ।

आयात बढ्दो छ, सरकारी खर्च हुन सकेको छैन,कम भएको छ। साथै रेमिटेन्स पनि कम आइरहेको छ। सरकारले आन्तरिक खर्च वा निक्षेपमा ब्याज वृद्धि गर्दैमा समस्याको समाधान हुँदैन। त्यसैले हामीले कुनै न कुनै तरिकाबाट विदेशबाट पैसा ल्याउने काम गर्न अत्यावश्यक छ। जसका लागि भिकेवाईसीले ठूलो भूमिका निर्वाह गर्छ। अहिले झन्डै ६०/६५ लाख नेपालीहरू विदेशमा छन् । विदेश जानेहरूको संख्या बढ्दो छ। तर रेमिटेन्स भने घट्दो छ ।

जुन बैंकिंग च्यानलबाट नेपालमा पैसा आउनु पर्ने हो त्यो आएको छैन। भिकेवाईसी मार्फत खाता खोल्न सहजीकरण गरेसँगै नेपालमा विदेश रहेका नेपालीहरूले ढुक्क साथ पैसा पठाउँछन्। जसका कारण बेला(बेलामा हुने तरलता संकटको पनि समाधान हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं।’

भिकेवाईसी एउटा प्रडक्ट मात्र नभएर अभियान रहेको केसीले बताएका छन। नेपालमा पैसा पठाउँदा सुरक्षा नदेख्दा झन्डै एकतिहाई पैसा विदेशमा नै रहन्छ। उक्त पैसा गोल्ड, क्रिप्टो लगायत अन्य स्पेकुलेटिभ क्षेत्रमा प्रयोग हुने सुनिन्छ।

यो समग्र बैंकिंग क्षेत्रको नै चुनौती भएकाले भिकेवाईसी यस चुनौतीको समाधान हुने सिइओ केसीले बताए। केसीले नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकार साथै समाजसेवी पल शाह सहकार्य गर्न पाउँदा गर्वानुभूति भएको पनि बताएका थिए।

IME Life
kumari