citizens life insurance long ad
stcnepal long ad

सांग्रिला डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकले यही कात्तिक १३ गते आफ्नो १७ औं वार्षिकोत्सव मनाउदैछ। यो अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गर्ने एक विज्ञाप्ती मार्फत जानकारी दिएको छ।

देशभर रहेका बैंकका शाखाहरुले कात्तिक ७ देखि कात्तिक १३ गतेसम्म विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको जनाएको छ। कात्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्नेछन्।

कात्तिक ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच कार्यक्रम गरिने भएको छ। त्यस्तै कात्तिक ९ गते बैंकका ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम आयोजना गरिनेछ। कात्तिक १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर आयोजना गरिने छ।

त्यस्तै कात्तिक ११ गते नयाँ शाखा कार्यालय उदघाटन र कात्तिक १२ विभिन्न शाखा कार्यालयहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरु गरिने बैंकले जनाएको छ। कात्तिक१३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण कार्यक्रम रहेको बैंकले जानकारी दिएको छ।

यी कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुले कात्तिक ७ गतेदेखि कात्तिक १३ गतेसम्म क्रमानुसार मनाउँदै जानेछन। ती कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ।

बैंकले आफ्ना ग्राहक तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औँ वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको हो। यसका साथै आगामी दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको जनाएको छ।

IME Life
kumari