stcnepal long ad
ime life insurance
national life
global ime bank long

झापाका किसानलाई मेगा बैंकद्धारा मेगा किसान कार्ड वितरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  झापाका किसानहरुलाई मेगा बैंक नेपाल लिमिटेडले मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा।लि। संगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो ।

यस अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रमममा मेगा बैंकको माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर १ का प्रदेश प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक दमक शाखाका प्रमुख मोहनप्रसाद अर्याल लगायतले कृषकहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकिङ्ग सेवा सुविधाहरु बचत, ऋण, रेमिटान्स, बचत गर्ने उपायहरु, बचत तथा ऋणको महत्वकोे बारेमा प्रकाश पारे ।

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात मेगा बैंकले हिमशिखर एग्रोसँग आवद्ध ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।

साथै, मेगा बैंकले कृषकहरुलाई बैंकको किसान क्रेडिट कार्ड उपलब्ध गराउदै आएको छ । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।

किसान क्रेडिट कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो अत्यााधुनिक सेवा हो, जसले गर्दा किसानहरुलाई बैंकिङ्ग कारोबार गर्न सहज र सरल भएको छ ।

IME Lifesidebar
kumari