citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

कूल रकमको १५ प्रतिशत चाहिं अप्रतिस्पर्धी सहभागीको लागी विनियोजन गरिएको छ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकारको लागी आन्तरिक ऋणको जोहो गर्न नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । ट्रेजरी बिलको लागी बोलकबोलमा सहभागी हुन राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, सँगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिकले सहभागीता जनाउन सक्नेछन् ।

कूल रकमको १५ प्रतिशत चाहिं अप्रतिस्पर्धी सहभागीको लागी विनियोजन गरिएको छ । राष्ट्र बैंकद्वारा प्रकाशित सूचना अुनसार ९१ दिन अवधिको लागी रु.९ अर्ब १० करोड र १८२ दिन अवधिको लागी रु।३ अर्ब रुपैयाँको बिल जारी गर्न लागिएको हो । बोलकबोलमा सहभागीमध्ये सबैभन्दा बढी रकममा बिल खरिद गर्नेलाई राष्ट्र बैंकले बिल वितरण गर्ने छ ।

राष्ट्र बैंकले न्यूनत्तम रु. ५० हजारको वा रु. ५० हजारले गुणन गर्न सकिने रकम बोलकबोल गर्नुपर्ने शर्त राखेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा राष्ट्र ऋण ऐन, २०५९ मा भएको व्यवस्था अनुसार नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैंक अन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले गर्दछ ।

यसअघि राष्ट्र बैंकले असोज ४ गते ९१ देखि ३ सय ६३ दिन अवधिसम्मको कूल रु. ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋण पत्र हो । नेपालमा हाल ट्रेजरी बिल ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ ।

यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार केन्द्रिय बैंकको रुपमा रहेको राष्ट्र बैंकले नै सरकारको तर्फबाट निष्काशन गर्छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधि बढीमा एक वर्षको लागी आर्थिक श्रोत जुटाउन यो बिलको प्रयोग हुन्छ ।

कसरी हुन्छ बोल कबोल ?

राष्ट्र बैंकले २०७२ असारदेखि अनलाइनमाध्यमबाटै ट्रेजरी बिल बोल कबोलको व्यवस्था गरेको छ । ट्रेजरी बिल खरिद गर्न इच्छुक वित्तीय संस्थाले आफूले सरकारलाई ऋण दिन चाहेको रकम घोषणा गर्नुपर्छ ।

उदाहरणको लागी राष्ट्र बैंकले अंकित मूल्य रु.१०० भएको बिल जारी गरेको छ । बोलकबोलमा सहभागीमध्ये सबैभन्दा बढी रु.९५ भुक्तानी गर्न ईच्छुक रहेको भन्दै कुनै बैंकले रकम प्रस्ताव गर्छ भने राष्ट्र बैंकले त्यही बैंकलाई बिल उपलब्ध गराउँछ ।

यसरी ट्रेजरी बिल कबोल गर्दा कबोल गर्ने संस्थाले आफूले खरिद गर्न कबोल गरेको रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी ९धरौटी रकम० वापत राष्ट्र बैंकको खातामा जम्मा गर्नुपर्छ ।

कसरी हुन्छ भुक्तानी ?

बिल जारी गरेको समय अवधि पुरा भएपछि राष्ट्र बैंकले बिल कबोल गरेको बैंकलाई अंकित मूल्य अर्थात् रु।१०० भुक्तानी गर्छ । तर यस्तो भुक्तानी गर्दा कबोल गरेको रकम र अंकित मूल्य बीचको भिन्नता अर्थात् रु। ५ मा नियमानुसारको कर कट्टी गरेर मात्र भुक्तानी गर्छ ।

ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । यहाँ उल्लेखित उदाहरण अनुसार डिस्काउण्ट दर ५ प्रतिशत हुन्छ । राष्ट्र बैंकले असोज ४ गते जारी गरेको ट्रेजरी बिलको डिस्काउण्ट दर न्यूनत्तम ४ देखि अधिकत्तम ४.९४ प्रतिशत सम्म रहेको थियो ।

IME Life
kumari