stcnepal long ad
ime life insurance
national life
global ime bank long

नबिल बैंकद्धारा दिगो बैंकिङ्गको लागि साझेदारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नबिल बैंकले धादिङ जिल्लाकँ गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

गल्छी गाउँपालिकामा नबिल बैंकको तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त साझेदारी मार्फत गाउँपालिकाहरुले स्थानिय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताउनु भयो ।

त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङ्गले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गर्नुभयो । साथै उहाँले वास्तविक किसान तथा उद्यमी पहिचान गरि बैंकसम्म पु¥याई गाउँपालिकाको बिकासमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

गल्छी शाखालाई नबिल दिगो बैंकिङ्गका पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग गाउँपालिकाकँ विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको बताउनु भयो ।

उक्त कार्यक्रममा दिगो बैंकिङ्ग परामर्शदाता राजु नेपाल, नबिल बैंकका बाग्मती प्रदेश अन्र्तगत स्वयम्भु क्लस्टर प्रमुख प्रज्वल कुमार सुवेदी, नबिल दिगो बैंकिङ्गका प्रबन्धक लिला प्रसाद ओझा, गल्छी शाखा प्रबन्धक, गाउँपालिका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उपस्थिती रहेको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङ्गको सुरुवात गरेको हो । सरकारको दिगो बिकासका लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ्ग कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रका व्यवसायिकरण र उद्यमशिलता विकासका लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

IME Lifesidebar
kumari