citizens life insurance long ad
stcnepal long ad

लगानीकर्ताहरूद्वारा गभर्नरको राजीनामा माग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंक समक्ष गभर्नर महाप्रसाद अधिकारीको राजीनामा सहित १६ बुँदे माग राखेका छन् ।

सेयर धितो कर्जाको सीमाको विरोध गर्दै नियोजितरुपमा सेयर बजारलाई घटाउने नीति ल्याएको भन्दै गभर्नर अधिकारीको राजिनामा माग गरिएको छ ।

लगानीकर्ता रामकृष्ण ढकालको संयोजत्वको पूँजी बजार सुधार संघर्ष समितिले १६ बुँदे माग राख्दै सेयर धितोको सीमाको विरोध गरेका हुन् ।

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको छ ।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन । यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ ।

सम्बन्धीत निकायले उक्त सार्वजनिक विज्ञाप्तीको वेवास्ता गरेमा सोमबार विरोध कार्यक्रम गरिने बताईएको छ ।

नेपाल राष्ट्र बैंकका साथै अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई समेत पत्राचार गर्दै लगानीकर्ताहरुको समुहले विभिन्न माग राखेका छन् ।

IME Life
kumari