stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकका १ जना सेयरधनीले ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी रोशनी बज्राचार्यले आफ्नो नाममा रहेकोे सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।

यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनु पर्नेछ ।

किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।

prabhu mahalaxmi
kumari