citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन बैंकले वन पैदावार महासंघका सदस्यलाई १२ करोडको विशेष कर्जा दिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ अन्तर्गत १२ करोडसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने छ।

यस सम्झौता अन्तर्गत बैंकले न्यूनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ।

बैंकका अनुसार यो सम्झौता २०७८ साल भाद्र ४ गते शुक्रबार देखि लागु हुने छ । उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाडौं उपत्यका भित्र र बाहिर रहेका सम्पुर्ण शाखा कार्यालयहरुबाट सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।

हाल बैंकले ७१ शाखाहरु, १४६ एटिएम र ५००० भन्दा बढी पिओएस मसिनहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

himalayan life insurance
igi long