२ लाख २ हजार कित्ता प्रभु बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं । प्रभु बैंकले आज साउन १५ गतेबाट २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल नागपोखरी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ ।
बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।