Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

लक्ष्मी बैंकले ऋणपत्र निष्कासन गर्ने

civilbank long ad

काठमाडौं । २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र लक्ष्मी बैंकले   बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक ब्याजदर भने तोकिएको छैन । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।


३ जेठ २०७८, सोमवार १५:३५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad