stcnepal long ad
global ime bank long

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग महामेलाको विजेताहरु घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आरबिबि मोबाईल बैकिङ्गको महामेलाको विजेताहरुको घोषणा गरेको छ । आरबिबि मोबाईल बैकिङ्गको लागि बैंकले एक महिनासम्म एफवान सफ्टको सहकार्यमा मोबाइल बैकिङ्गको महामेला संचालन गरेको थियो ।

बैंकले करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएको महामेलामा नौ जना विजयीहरुको नाम बुधबार एक समारोहकाबीच घोषणा गरेको हो ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले ४ रात ५ दिनको थाइल्याणड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज जितेका छन् ।

यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी एमओवान कोर ब्राण्डको एक एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गर्ने भएका छन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा आरबिबि मोबाइल बैकिङ्ग महामेला कार्यक्रम संचालन गरिरहेको छ ।

यसको लागि बैंकको मोबाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा.बैंकसँग खाता खोली मोबाइल बैंकिङ्गबाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

IME Lifesidebar
kumari