stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौँ । एनआईसी एशिया बैंकले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा ५५औं शाखारहित बैंकिङ सेवा आइतबारदेखि संचालनमा ल्याएको छ । बैंकिङ सेवाको उद्घाटन सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपालकृष्ण बुढामगरलाई नियुक्ती गरेको छ । ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नुहुनेछ ।

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

IME Lifesidebar
kumari