हाल चलन चल्तीमा रहेका कतारी रियाल वैशाख २७ गतेभित्र सटही गरिसक्नुपर्ने
काठमाडौं । हाल चलन चल्तीमा रहेका कतारी रियाल वैशाख २७ गतेभित्र सटही गरिसक्नु पर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै हाल चलन चल्तीमा रहेका कतारी रियाल नोटहरुलाई २७ वैशाखभित्र सटही गरिसक्न भनेको हो । कतारको केन्द्रीय बैंकले उक्त नोटहरु आगामी जुलाई १ अर्थात असार १७ गतेबाट नचल्ने निणर्य गरेको छ ।
सोही कारण नेपालमा पनि वैशाख २७ गतेभित्र कतारी रियाललाई सटही गरिसक्न केन्द्रीय बैंकले भनेको हो । कतारको केन्द्रीय बैंकले चौथो संस्करणका कतारी रियाल बैंक नोटहरु चलन चल्तीबाट हटाएर नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो ।






















