stcnepal long ad
global ime bank long

इसेवा मनि ट्रान्सफर र वल्र्ड रेमिटबीच सम्झौता, अब ५० देशहरुबाट इसेवा खातामा पैसा पठाउन सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । वल्र्ड रेमिट र इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वभर रहेका वल्र्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

वल्र्ड रेमिट अन्तरदेशीय डिजिटल रेमिट्यान्स कारोबार गर्ने संस्था हो । सम्झौतापछि वल्र्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहम्मदले भने ‘नेपालले आफ्ना जनताका लागि तीब्र रुपमा डिजिटल रुपमा सेवा उपलब्ध गराइरहेको छ भने नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका छौँ ।

वल्र्ड रेमिट यी घटनाक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छ र त्यसका लागी हामीले इसेवा मनि ट्रान्सफरसँग सहकार्य गर्न पाउँदा अझै गौरवान्वित भएका छौँ’ ।

इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने “डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिटसँग साझेदारी गर्न पाउँदा हामी धेरै नै उत्साहित छौँ । यस साझेदारीले कम शुल्कमा रेमिट्यान्स भित्राउने हाम्रो अभियानमा अर्को एउटा थप आयाम हुने छ ।”

यसै गरी वल्र्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने भएको छ । डिजिटल रेमिट्यान्स प्रवर्दन गर्ने उद्देश्यले वल्र्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो । यो योजना जुन ३०,२०२१ सम्म लागु हुनेछ।

IME Lifesidebar
kumari