citizens life insurance long ad
stcnepal long ad

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ५% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २०२ रुपैयाँ निर्धारण गरेको छ ।

यहि मूल्यलाई आधार मानेर मंगलबार यसको सेयर कारोबार खुल्नेछ । अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य २१२ रुपैयाँको आधारमा भाउ समायोजन भएको हो ।

सांग्रिला डेभलपमेन्टले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२६% नगद गरी कुल ५.२६% लाभांश वितरण गर्दैछ । यसले लाभांश र साधारण सभाको लागि चैत १० गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ, चैत ९ गतेसम्मका लगानीकर्ताले प्रस्तावित लाशांश पाउने छन् । सांग्रिला डेभलपमेन्ट बैंकको १६औं वार्षिक साधारण सभा आगामी चैत २३ गते बस्दैछ ।

IME Life
kumari