citizens life insurance long ad
stcnepal long ad

सिभिल बैंकको दशौं वार्षिक साधारण सभा फागुन ९ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल बैंकले दशौं वार्षिक साधारण सभा फागुन ९ गते बोलाएको छ । सभा बैंकको केन्द्रीय कार्यालय सुन्धारा काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा अघि सारिएको छ । गत वर्षको नाफाबाट ८% बोनस सेयर कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ ।

आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि बैंकले माघ २३ गतेबाट बुक क्लोज गरेको छ । माघ २२ गतेसम्म कायम भएका सेयरधनीले लाभांश पाउने छन् ।

IME Life
kumari