citizens life insurance long ad
stcnepal long ad

आगन्तुक रिसोर्टमा नेपाल बैंकमा आबद्ध सबैले १५% सम्मको छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टमा फुड एण्ड बिभरेजको बिल भुक्तानी गर्दा छुट पाउने भएका छन् ।

बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानमा रहेको आगन्तुक रिसोर्टमा बैंकका ग्राहकले कार्ड अथवा मोबाइल बैंकिङ्ग मार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएको बैकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुन् ।

हालसम्म बैंकले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा मोबाईल र ईन्टरनेट बैंकिङ्ग लगायतका विभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

IME Life
kumari