citizens life insurance long ad
stcnepal long ad

गरिमा विकास बैंकले सार्वजनिक गर्यो दुई कर्जा योजना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत ‘गरिमा इजी एसएमई लोन’ र ‘गरिमा इजी होम लोन’ सार्वजानिक गरेको हो ।

दुबै कर्जा सुविधाहरु ८।८८ प्रतिशत ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शतप्रतिशत ‘गरिमा इजी एसएमई लोन’ मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म ‘गरिमा इजी होम लोन’ मा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ ।

साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुबै कर्जाको सेवा शुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुबिधा पाउन सकिने छ ।

‘हाल विश्वमा आएको महामारी कोभिड १९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको बेलामा हाम्रो देश पनि यसबाट टाढा रहन सकेन । यस विषम परिस्थितिमा बढ्दो बेरोजगार तथा उद्यमीहरुको उद्यमशिलतामा समेत ह्रास आएको बेलामा उद्यमीहरुलाई सरल र सहज तवरवाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उद्यमशिलताको विकाससँगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तवरवाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरु लिएर आएको छ ।’– बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालय र ५१ एटीएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।

IME Life
kumari