citizens life insurance long ad
stcnepal long ad

आजदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ । कोभिड १९ को रोकथामको लागि गरिएको लकडाउनको अवधिमा जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा शुल्क नलाग्ने निर्णय बैंकहरुले गरेका थिए ।

तर अहिले लकडाउन खुकुलो भएसँगै सीमित बैंकहरुले ल्याएका केही अफर बाहेक एक बैंकको कार्ड अर्को बैंकको एटिएममा घुसाएर रकम झिक्दा वा ब्यालेन्स जानकारी लिँदा शुल्क काटिने भएको छ ।

नेपाल राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निस्शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निःशुल्क गरेका थिए।

आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो। यसअघि अधिकतम शुल्क तोकिएको थिएन।

त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

IME Life
kumari