stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनएमबि बैंकको सभाले पारित गर्यो १६.२ प्रतिशत लाभांश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १६.२ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले बैंकको आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) गरी १६.२ प्रतिशत लाभांश पाउने भएका छन् ।

वार्षिक साधारणसभाले बैंकले अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।

बैंकको सभा आज काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा संचालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षतामा सम्पन्न भएको हो । कोभिड १९ का कारण हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै साधारण सभामा भिडियो कन्फ्रेन्स ९भर्चुअल० प्रविधि मार्फत संचालन गरी सेयरधनीहरुको जानकारीका लागि अनलाइन प्रसारण गरिएको थियो ।

IME Lifesidebar
kumari