citizens life insurance long ad
stcnepal long ad

कुमारी बैंकको थप ८ शाखा बिस्तार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको खोलेको छ ।

काठमाडौं स्थित खुसिबुँ, पानीपोखरी , मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यका बाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको खोलेको छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।
कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १८७ वटा शाखाहरु, १५२ वटा एटिएम्हरु तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा विहिन युनिटहरुद्धारा सेवा दिइरहेकोमा थप ८ वटा शाखा पश्चात अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।

साथै हालसम्म बैंकले नवीन्तम डिजीटल प्रोडक्ट मार्फत आफ्नो ग्राहकहरुलाई सेवा दिदै आएको छ र आउँदा दिनहरुमा अझ सशक्त रुपमा डिजिटल प्लेटफम बाट आफ्ना पहुँच बढाउँदै जानेछ ।

 

 

IME Life
kumari