मेगा बैंकद्वारा सुनचाँदी महिला व्यवसायीलाई बिना धितो ब्याज अनुदान कर्जा
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिलाव्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ ।
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनो धितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउने भएका छन् । यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने मेगा बैंकको विश्वास छ ।


























