citizens life insurance long ad
stcnepal long ad

सानिमा बैंकद्धारा औषधी उपचार बीमा दाबी रकम भुक्तानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बचत कर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौ निवासी यादव श्रेष्ठले ४७ हजार २ सय ३० रुपैयाँ औषधी उपचार बीमा भुक्तानी पाएका छन् ।

बैंकका निक्षेप अधिकृत प्रमुख सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा ५ हजार सम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहित ५० हजार सम्मको औषधीउपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।

श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

IME Life
kumari