stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा बैंकद्धारा औषधी उपचार बीमा दाबी रकम भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बचत कर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौ निवासी यादव श्रेष्ठले ४७ हजार २ सय ३० रुपैयाँ औषधी उपचार बीमा भुक्तानी पाएका छन् ।

बैंकका निक्षेप अधिकृत प्रमुख सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा ५ हजार सम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहित ५० हजार सम्मको औषधीउपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), १० लाखको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।

श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari