citizens life insurance long ad
stcnepal long ad

सेञ्चुरी बैंकको स्मार्ट टेलर सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट Century pay Mobile apps  बाट QR गरी नगद झिक्न/निकाल्न सकिने छ ।

ग्राहकवर्गहरुको सेवाका लाथि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको बैंकले जनाएको छ । हाल उक्त सेवा केन्द्रीय कार्यालय, काठमाण्डौको लागि मात्र लागु हुनेछ ।

निकट भविष्यमा उक्त सुविधा काठमाण्डौं उपत्यका लगायत उपत्यका बाहिरसमेत लागु गरिने बैंकले जनाएको छ ।

यस सेवाबाट यस बैंकका ग्राहक वर्गले १ दिनमा कुल १ लाख रुपैंयासम्म नगद झिक्न सक्ने र १० लाख रुपैयाँसम्म मासिक रुपमा नगद झिक्न पाउने र सो को लागि चेक वा डेविट कार्ड आवश्यक नपर्ने व्यहोरा यसै विज्ञप्ती द्वारा जानकारी गरिन्छ ।

साथैं, अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

 

IME Life
kumari