महालक्ष्मी विकास बेैंक लि.द्वारा Visa Contactless Card सेवा सञ्चालनमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले Visa Contactless कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।
Visa Contactless कार्ड Near Field Communication (NFC)मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले POS Terminal बाट रकम भुक्तानी गर्न सकिन्छ ।
महालक्ष्मी विकास बैंक लि. Visa Contactless कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो ।
यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्नाग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।


























