citizens life insurance long ad
stcnepal long ad

प्रभू बैंकको नाफा ३५.२५ प्रतिशतले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत वर्षको सोहि अवधिको तुलनामा ३५।२५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट आय बढेसँगै अन्य सञ्चालन आम्दानीहरु पनि बढेका कारण खुद नाफा बढ्न पुगेको हो। बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २८ रुपैयाँ २७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३२ रुपैयाँ ९६ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात ७।२२ गुणा बनाएको छ।

१० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ सञ्चित राखेको छ। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकको निक्षेप १ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा ९९ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १ खर्ब १६ अर्ब पुगेको छ।

IME Life
kumari