citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले माछापुच्छेको ७.०३% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ २३१ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

यही मूल्यलाई आधार मानेर बिहीबार सेयर कारोबार खुल्दैछ । कात्तिक ६ गते वार्षिक साधारण सभा डाकेको यस बैंकले आज बिहीबार असोज २२ गतेबाट बुक क्लोज गरेको हो ।

असोज २१ गतेसम्म कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश (करसहित)  वितरण गर्दैछ । बैंकको २२ औं कात्तिक ६ गते वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

IME Life
kumari