citizens life insurance long ad
stcnepal long ad

पीसीआर परिक्षणमा कामना सेवा विकास बैंकका ग्राहकलाई विशेष छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै कामना सेवाका ग्राहकलाई पि. सि.आर परिक्षणमा विशेष छुट ब्यवस्था ल्याएको छ ।

बैंकका ग्राहकहरुलाई थप सहयोग पुगोस भन्ने मनसायका साथ कामना सेवा विकास बैंक लि.ले सूरिया हेल्थ केयर प्रा. लि. संगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पी. सी.आर परिक्षणको सुविधा उपलब्ध गराउने भएको छ ।

बैंक र हेल्थ केयरको यस सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पि. सि.आर परिक्षण गर्दा १५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछ ।

यस सहमति अनुसार ग्राहक महानुभावहरुले आर्थिक सहुलियत सहित सहज रुपमा कोरोना परिक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

“प्रगतिको आधार बैंकसँग कारोबार” भन्ने मुल नाराका साथ उत्कृष्ट बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

IME Life
kumari