citizens life insurance long ad

कुमारी बैंकको १ लाख कित्ता शेयर बिक्रीमा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक सर्वसाधारण तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्।

यसका लागि ३५ दिनको समय दिइएको छ। तोकिएको अवधिभित्र इच्छुक सर्वसाधारण तथा संस्थाले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्ने छन्।

यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन प्राप्त नभएपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो।

IME Lifesidebar
kumari