उपत्यकामा एउटा बैंकका तीन वटा शाखा मात्रै खुल्दै
काठमाडौं । बैंक कर्मचारीलाई प्रहरीले बाटैमा रोकेपछि हिजो बन्द भएका काठमाडौं उपत्यकाका बैंक आज फेरि खुल्दैछन् । बैंक खोल्न हिँडेका कर्मचारीलाई प्रहरीले रोकेको र अपमान गरेको भन्दै बैंकर्स संघले हिजो काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कुनै पनि बैंक खोलेको थिएन ।
तर दिउँसो प्रशासनसँगको छलफलमा बैंक जान हिँडेका कर्मचारीलाई प्रहरीले नरोक्ने सहमति भएपछि आजदेखि बैंक फेरि खुल्न लागेका हुन् ।
तीनवटै जिल्लामा हरेक बैंकका एक/एक शाखा मात्रै खुल्ने बैंकर्स संघले जनाएको छ । हरेक बैंकका बढीमा ३० जना कर्मचारी मात्रै कार्यालय पुग्नेछन् । बैंकले सकभर विद्युतीय कारोबार गर्न नागरिकलाई आग्रह गरेका छन् । धेरैजसो कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाएको उनीहरुकोदावी छ ।
























