citizens life insurance long ad

बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओउपर दायर मुद्दाप्रति इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत उपर मुद्दा दायर भएको घटनाप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को छानविन प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले साउन २७ गते बुधबार काठमाडौं जिल्ला अदालतमा बैंकका पदाधिकारी समेत विरुद्ध मुद्दा दायर गरेपछि बैंकले सो कुरामा आपत्ति जनाएको छ ।

यस घटनाबाट बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको एवं बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहि संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाधरूपमा सञ्चालन रहनेमा पूर्ण विश्वस्त गराउन चाहन्छौं भन्दै बैंकले स्पष्ट पारेको छ ।

बैंकले विज्ञप्तिमा भनेको छ( ‘बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिनुहुन यसै विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछौं । बैंकका सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गर्दछौं ।’

साथै, इन्भेष्टमेन्ट बैंकले बैंकका समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी महानुभावहरु तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वास प्रति बैंक हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ ।

यसै बीच नेपाल राष्ट्र बैंकले पनि एक विज्ञाप्ति प्रकाशित गरि बैंकका सञ्चालन विरूद्व मुद्दा दायर भएपनि बैंकको वित्तीय स्थिति राम्रो भएकाले कसैले पनि नआत्तिन र बैंकिङ कारोबार नियमित रहेको जनाएको छ।

IME Lifesidebar
kumari