citizens life insurance long ad
stcnepal long ad

बैङ्कको सेवामा पनि समस्या

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निषेधाज्ञाको पहिलो दिन बैङ्किङ सेवा पनि प्रभावित भयो । न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिइएको भए पनि बैङ्कका कार्मचारीलाई बाटोमा रोकेको र अनावश्यक झञ्झट दिएकाले बैङ्क खोल्न समस्या परेको जनाइएको छ ।
तथापि निषेधाज्ञाको अवधिमा बैङ्क वित्तीय संस्थाका कर्मचारीलाई नरोक्न नेपाल सरकार गृह मन्त्रालयले निर्देशन दिएपछि अब बैङ्किङ सेवा सुचारु हुने भएको छ ।

नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष भुवन दाहालले यो समस्या शुक्रबार नहुने आश्वासन आएकाले भोलिदेखि सीमित बैङ्किङ सेवा सुचारु हुने बताउनुभयो । बैङ्कका कर्मचारी कार्यालयमा पुग्न नसकेपछि नेपाल बैङ्कर्स सङ्घले सेवा दिन नसकिएको बताएको थियो ।

अत्यावश्यकीय सेवाभित्र पर्ने बैङ्क तथा वित्तीय संस्था सीमित खोल्न दिने मङ्गलबार साँझ स्थानीय प्रशासन, राष्ट्र बैङ्क र बैङ्कहरूबीच सहमति भए पनि सहमति विपरीत प्रहरीले बैङ्कका कर्मचारीलाई रोकेपछि उपत्यकाभित्रका सबै शाखा बन्द गरेको थियो ।
गृह मन्त्रालयले बैङ्कका कर्मचारीलाई सहजीकरण गर्ने गरी समन्वय गर्न भन्दै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बिहीबारै निर्देशन दिएको हो ।

मन्त्रालयले अत्यावश्यक सेवाभित्र रहेको बैङ्किङ क्षेत्रलाई सेवा सञ्चालन हुने वातावरणमा अवरोध नपु¥याउन भन्दै कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन निर्देशन दिएको हो ।

मन्त्रालयले स्थानीय प्रशासनबाट जारी निषेधाज्ञा अवधिमा सर्वसाधारणलाई आधारभूत बैङ्किङ सेवा प्रवाह गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको सूचना बमोजिम आधारभूत सेवा सुचारु गर्न आवश्यक समन्वय तथा सहयोगका लागि अपिल गरेको हो ।

IME Life
kumari