एनएमबी बैंकको नाफा १ अर्ब ६३ करोड

२०७६ माघ २६ काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबि बैंकले रू. १ अर्ब ६३ करोड नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४७ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब १० करोड नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको छ ।
कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ११ करोड रहेको छ । यस वर्ष कम्पनीले शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीको चुक्ता पूँजी रू. ११ अर्ब ५२ करोड छ भने रिर्जभ कोषमा रू. ५ अर्ब २१ करोड रहेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १खर्ब २६ अर्ब निक्षेप संकलन भएको छ भने रू. १ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको हो । गत आवको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी रू. २३ दशमलव २२ रहेकोमा चालू आवको दोस्रो त्रैमासमा बढेर रू. ३० दशमलव ४० पुगेको हो । मूल्य आम्दानी अनुपात –वार्षिक) ११ दशमलव ८१, तरलता अनुपात २४ दशमलव १९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८८ दशमलव ५५ रहेको छ ।